४ वटै नगर तथा गाउँपालिकामा सम्पन्न भएका तालिमका उपलव्धिहरु
- पालिकाका प्रायः सवै क्रियाशिल महिला नेतृत्वहरु, जनप्रतिनिधिहरु, अगुवा महिलाहरु को उल्यखनिय र उत्साहपूर्ण सहभागिता रहेको । सकारात्मक सोचको विकास भइ नेतृत्व विकासमा योगदान पुगेको ।
- उदघाटन शर्तमा पालिकाका सबै प्रमुख जनप्रतिनिधिरु र कर्मचारीहरुको सहभागिता र सम्वोधन सहित दिइएको निर्देशन र सुझावले कार्यक्रम निकै प्रभावकारी वनेको ।
- महिला जनप्रतिनिधिहरु र कतिपय अगुवाहरुलाई महिला नेतृत्व विकास तथा यससंग सम्बन्धित ऐन कानुनहरुको बारेमा प्रशिक्षण प्रदान गरिएको ।
- तालिम सम्पन्न भैसकेपछि तालिममा सहभागि महिला नेतृत्वहरु समाज रुपान्तण र नेतृत्व प्रदान गर्न उत्साहित भएका पाइएको ।
- नेतृत्व विकास तथा सकारात्मक सोच प्रवद्र्धन तालिम कार्यत्रमका माध्यमबाट सिङगो पालिकाबाट प्रत्यक्ष सहभागि भएका ५० जना अगुवा महिला नेतृका माध्यमबाट सिगों पालिकाका हजारौं महिलाहरुको क्षमता विकासमा टेवा पुग्ने ।
- यस्ता कार्यक्रमहरुलाई अरु वृहत रुपमा सञ्चालनको योजना फेरी ल्याउनुपर्ने सहभागिहरुको सकारात्मक प्रतिक्रिया पाइएको ।
- पालिकाहरुले आफना नियमित नीती कार्यक्रममा महिला नेतृत्व विकास सम्बन्धि विषेश योजना बनाउन थप राजनैतिक र नैतिक दवाव सिर्जना भएको ।
- तालिम कार्यक्रममा पालिाकाका जिम्मेवार जनप्रतिनिधिहरुको रुचिपूर्वक सहभागिता सहित महिलाहरुका लागि व्यवस्था भएको समानुपातिक समावेशी प्रर्णालीलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त भएको ।
All Categories
Recent Posts
wfcn0 Comments