निलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई सकारात्मक सोच र क्षमता अभिवृद्धि तालिम कार्यक्रम

यस संस्थाले निलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाइ केन्द्रित गरि उनिहरुको सकारात्मक सोच र क्षमता अभिवृद्धि का लागि विषेश तालिम सञ्चालन गरिएको थियो । निलकण्ठ नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा प्रमुख, उप प्रमुख र प्रमुख कार्यकारी अधिकृत तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरु समेत तालिम कार्यक्रममा सहभागि भै पाँच दिनसम्म प्रभावकारी ढंगले कार्यक्रम संचालन भएको थियो । कार्यक्रम पश्चात महिला नेतृत्व तथा जनप्रतिनिधिहरुको काम गर्ने अठोट र हौशला थपिएको सहभागिहरुले प्रतिक्रिया दिनुभएको थियो । नगरपालिकाको सहयोग र परिवर्तनका लागि महिला मञ्च (ध्ँऋ), नेपाल को आयोजनामा महिला जनप्रतिनिधिहरुका लागि सकारात्मक
सोच प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम मा संस्थाका अध्यक्ष श्री सरला धमलाकोअध्यक्ष्यता तथा नगरपालिकाका प्रमुख श्री भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा २०८० साल जेष्ठ ७ गत्ते उदघाटन गरि ११ गत्तेसम्म ४५ जना जनप्रतिनिधि तथा स्थानीय महिला नेतृहरुको
उपस्थितिमा कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो । तालिममा नेतृत्व विकास, सकारात्मक सोच विकास, व्यक्तित्व विकास, महिलासम्बन्धि संवैधानिक तथा कानुनी प्रावधान, महिला जनप्रतिनिधिको भूमिका तथा क्षमता अभिवृद्धिका विभिन्न विषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो ।