संस्थाको परिचयात्मक कार्यक्रम
जिल्ला भरिका सामाजिक सँघसस्था र पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता तथा निलकन्ठ नगरपालिकाको उप–प्रमुखको बिशेष आतिथ्यतामा जिल्लामा क्रियाशिल सामाजिक सस्थासग परिवर्तनका लागि महिला मञ्च सस्थाको परिचयसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । संस्थाको तर्फबाट अध्यक्ष सरला धमलाले संस्थाको उद्धेश्यसहित सवै पदाधिकारीहरुको परिचय गराउनुभएको थियो भने उपस्थित अन्य संस्थाका प्रतिनिधिहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै अर्थपुर्ण सहकार्यको लागि तयार रहेको कुरा व्यक्त गर्नुभएको थियो । उक्त परिचयात्मक कार्यक्रम २०७४ फागुन ६ गते भएको थियो । परिचयात्मक कार्यक्रममा जिल्लाभरिबाट ५० जनाको उपस्थिति रहेको थियो ।
All Categories
Recent Posts
wfcn0 Comments