संस्थागत संरचना
- Home
- संस्थागत संरचना
संस्थागत संरचना
परिवर्तनका लागि महिला मञ्च नेपाल लामो समयदेखि पछाडी पारिएका महिलाहरु अल्पसंख्यक समुदाय, उत्पिडीत उपेक्षित समुह, र लैंगिक समानताका लागि सकारातमक सोचको विकास, पर्वद्र्धन गर्न वहस पैरवी गर्ने, परम्परागत अन्धविस्वास र गलत संस्कारलाइ परिवर्तन गरी आधुनिक र समृद्ध समाज निर्माण गर्न महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि स्थापना भै लामो समयदेखि काम गर्दै आइरहेको संस्था हो ।
२०७५ सालमा स्थापना भएको यस संस्था आफनो उद्धेश्यमा प्रतिवद्ध, कार्यसम्पादनमा इमान्दार र दृढ, आर्थिक व्यवस्थापनमा उच्च पारदर्शिता अपनाएर अगाडि बढिरहेको छ ।
यस संस्थाले महिला सशक्तिकरणका साथसाथै महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने तथा नागरिकलाई सुसूचित गर्न र सूचनाको पहुँचसम्म पुर्याइ नागरिकलाई सचेत गर्ने कार्यमा पनि अग्रणि भूमिका निर्वाह गरेको छ । संस्थामा भए गरेका आर्थिक वर्ष २०७९/०८० का कार्यक्रमहरुको यस प्रतिवेदन भित्र दस्तावेजीकरण गर्ने प्रयास गरिएको छ । हुनत सबै प्रतिवेदनलाई एउटा सानो दस्तावेजमा समेटन सकिदैन । अतः यस भन्दा थप जानकारी लिन चाह्मे इच्छुक महानुभावहरुले
संस्थाको कार्यलयबाट लिन सक्नुहुने व्यवहोरा पनि निवेदन गर्न चाहन्छु ।
अन्तमा, संस्थाको स्थापना काल देखि नै अभिभावकत्व दिइ संस्थाको विकास र विस्तारमा उल्लेखनिय योगदान गर्नुहुने संस्थाका प्रमुख संरक्षक एवं बागमती प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जमरकट्टेलज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । संस्थाका प्रायः कार्यक्रमको डिजाइन तथा संचालनमा सहयोग एवं सल्लाह दिनुहुने तथा यो बार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्नुहुने विज्ञ आरके ढुंगाना, संस्थाका पदाधिकारी, कर्मचारी, लक्षित समुदाय तथा समूहलाई धन्यवाद दिन चाहन्छु। संस्थाले गरेका कार्यक्रमको समय समयमा अनुगमन तथा मूल्याङ्कनमा सहभागी भई आफ्ना अमूल्य सुझाव सल्लाह मार्फत मार्गदर्शन गर्ने स्थानीय तह तथा जिल्ला स्तरका सरोकारवालाहरुमा आभार प्रकट गर्दछु । कार्यक्रम संचालनमा निरन्तर आर्थिक तथा प्राविधिक सहयोग पुरÞयाई रहेका साझेदार निकायप्रति कृतज्ञता जाहेर गर्दछु । साथै संस्थाको स्थापनाकालदेखि आजको समय अवधिसम्म बिना कुनै स्वार्थ संस्थालाई जान अन्जान रुपमा सहयोग गर्ने यस समुदाय तथा दिनरात प्रयासरत यस संस्थाका व्यवस्थापकदेखि साधारण सदस्य एवं कार्यसमितीका सदस्यहरुप्रति विशेष सम्मान प्रकट गर्दछु । साथै अगामी दिनहरुमा पनि यस संस्थाको संस्थागत विकासका लागि यहाँहरुको अमूल्य सुझाव, सल्लाह र पृष्ठपोषणको अपेक्षा गर्दछु । धन्यवाद !