हाम्रो बारेमा
- संस्थाको नाम (Name of the Organization): परिवर्तनका लागि महिला मञ्च, नेपाल
- ठेगाना (Address): निलकण्ठ– ,धादिङ
- सम्पर्क व्यक्ति (Contact Person): सरला धमला ।
- संस्थाको मुख्य उद्देश्यहरु (Main Objectives of the Organization): सवै प्रकारका क्षमता अभिवृद्धि तालिम, सिपमूलक तालिम तथा नेतृत्व विकाससम्बन्धि तालिम कार्यक्रम संचालन गर्ने, डिजिटल साक्षरता तालिम, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति रणनीति तयारी तथा तालिम, क्षमता विकास योजना तयारी, आवधिक योजना तयारी, राजस्व सुधार कार्ययोजना तयारी लगायत कार्यक्रम संचालन गर्ने इत्यादि ।
परिवर्तनका लागि महिला मञ्च, नेपाल
यस संस्थाको नाम परिवर्तनका लागि महिला मञ्च, नेपाल हो । यो संस्था मिति २०७४।०५।२७ गते जिल्ला प्रशासन कार्यालय, धादिङमा विधिवत दर्ता भएर संचालन भइरहेको एक गैरनाफामूलक सामाजिक संस्था हो । यो संस्था स्थापनापश्चात धादिङ जिल्लाका विभिन्न पालिकामा महिला नेतृत्व विकास र क्षमता अभिवृद्धि तािलम, निलकण्ठ नगरपालिकामा मेयरसँग उद्यमशिलता कार्यक्रम, स्वास्थ्य शिक्षा उत्थान केन्द्र (मेडपा) तालिम अन्तर्गत १ महिने सिप विकास तालिम संचालन गरि महिला, सशक्तिकरण, नेतृत्व विकास, तथा अन्य विविध सामाजिक क्रियाकलापहरु संचालन गरिरहेको छ ।
संस्थाको उद्देश्य प्राप्ती गर्न गरिने कामहरु:
यस संस्थाले उपरोक्त उद्देश्य प्राप्त गर्न देहाय वमोजिमको कार्यहरु गर्नेछ –
क) संस्थाले प्रचलित नेपाल कानून वमोजिम सम्वन्धीत निकायवाट अनुमति वा इजाजत प्राप्त गरि मात्र उपरोक्त आफ्ना उद्देश्य कार्यान्वयन गर्नेछ ।
ख) संस्थालाइ आवश्यक पर्ने जग्गाजमीन, भवन लगायतका चलअचल सम्पति खरिद विक्री गर्ने, भवन वा अन्य संरचना निर्माण गर्ने वा भाडामा वा लिजमा लिन सक्नेछ । कम्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ती गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्नेछ ।
घ) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरि बैंक खाता सञ्चालन गर्नेछ ।
ङ) संस्थालाइ आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनका सेवा, शर्तहरु निर्धारण गर्नेछ ।
परिकल्पनाः
ध्येयः
लक्ष्यः
उद्देश्यहरु (Objectives):
संस्थाको विधान अनुसार उद्धेश्यहरु संस्थाको मुख्य उद्देश्य देहायवमोजिम रहने –
क) यो संस्था मुनाफारहित जनहितकारी संस्था हुनेछ ।
ख) यस संस्थाद्धारा संचलित कुनै तालिम, गोष्ठि, सेमिनारमा सहभागिहरुबाट कुनै प्रकारको आथिक लाभ लिईने छैन ।
ग) महिलाहरुको लागि संविधान, नेपाल कानून र अन्तराष्ट्रिय कानूनद्धारा प्रदक्त हक अधिकार वारे जानकारीमुलक कार्यक्रम संचालन गर्ने ।
घ) महिलाहरुको सीपविकास तथा आयआर्जन सम्वन्धी कार्यक्रम संचालन गर्न स्थानिय तहसम्म समुह गठन कार्य गर्ने ।
ङ) महिलाहरु विरुद्ध समाजमा रहेको हिंसा, शोषण, भेदभाव तथा कुरितीहरु अन्त्य गर्ने खालका कार्यक्रमहरु सँचालन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहसंग सहकार्य गर्ने ।
च) महिलाहरु विच एकता र सहकार्यको भावना जागृत गर्दै मानव अधिकार, लैंगिक समानता र महिला शशक्तिकरणको लागि कार्य गर्ने ।
छ) महिलाहरुलाइ कानूनी शिक्षा प्रदान गर्ने । असमर्थ असहाय तथा पिडित महिलाहरुलाइ कानूनी उपचार तथा सहायता प्रदान गर्ने ।
ज) हिंसा पिडित महिलाहरुलाइ मनोसामाजिक परामर्श, पुर्नस्थापना तथा आवासको व्यवस्था गर्ने।
झ) गर्भवती महिलाहरुको प्रजजन स्वास्थ्य तथा सुरक्षित मातृत्व सम्वन्धी परामर्श तथा उपचार सेवाका साथै स्वास्थ्य शिविर सन्चालन गर्ने ।
ञ) किशोरी महिलाहरुलाइ लक्षित गरि किशोरी शिक्षा कार्यक्रम संचालन गर्ने ।
ट) महिला माथि हुने यौनजन्य अपराध, वहुविवाह, वालविवाह, मानव वेचविखन जस्ता अपराध विरुद्ध जनमत सृजना गर्ने सचेत गराउने ।
ठ) महिला तथा वालवालिकाको सर्वोक्तम हित तथा चौतर्फि विकासको लागि खानेपानी तथा सरसफाइ सम्वन्धी कार्यक्रम संचालन गर्ने ।
ड) राज्यको सबै निकायमा महिलाको पहुँच अभिवृद्धि गर्नको लागि नेतृत्व तथा क्षमता विकास सम्वन्धी विभिन्न तालीम संचालन गर्ने ।
ढ) वालवालिका, असहाय तथा जेष्ठ महिलाहरुको लागि स्याहार केन्द्र संचालन गर्ने ।
ण) एकल महिला, वालिका, अपाङ्गता भएका महिला, आदिवासी जनजाति महिला र दलित महिलाहरुको अवस्थाअनुसार विशेष संरक्षण र सहयोगका कार्यक्रम संचालन गर्ने ।
ट) समाजसेवाका लागि आवश्यक ठानिएका विभिन्न खालका परोपकारी तथा विकास निर्माण सम्वन्धी कार्य गर्ने ।